ला लिगामा बार्सिलोनाको प्रभावकारी जित तर, उपाधि अझै कठिन

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा बार्सिलोनाले गएरातिको खेलमा भिल्लारियलसँग प्रभावशाली जित निकालेपनि उपाधि यात्रा अझै कठिन छ । तथापि, लिग लिडर रियल मड्रिडसँग ४ अंकको मात्र दुरी रहेकाले सम्भावना भने कायमै राख्न सफल भएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४–१ को प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा तेस्रो मिनेटमा नै उपहार गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लिएको थियो ।
खेलको तेस्रो मिनेटमा भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गरेपनि १४ औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गरी भिल्लारियललाई बराबरीमा ल्याएका थिए ।

यता बार्सिलोनाका तर्फबाट २० औँ मिनेटमा मेस्सीको सहयोगमा लुइस स्वारेजले गोल गरे । भने, ४५ औँ मिनेटमा मेस्सीकै सहयोगमा एन्टोनी ग्रिजम्यानले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले ३–१ को अग्रता लियो । ८६ औँ मिनेटमा आन्सु फातीले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो ।

जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३४ खेलबाट ७३ अंक भएको छ । उ शीर्ष स्थानको रियल मड्रिड भन्दा चार अंकले पछाडी छ । पराजित भएको भिल्लारियल ३४ खेलबाट ५४ अंकसहित पाँचौँ स्थानमा कायम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *