वैज्ञानिकहरुको चेतावनीः हावाबाट पनि फैलन सक्छ कोरोना !

काठमाडौं । वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड १९) संक्रमण हावाबाट पनि फैलन सक्ने चेतावनी दिएका छन् । न्यूयोर्क टाइम्सका अनुसार सयौँ वैज्ञानिकहरुको दाबी छ कि हावाको सानो कणमा रहेको कोरोना भाइरसबाट पनि मानिसहरु संक्रमित हुन सक्छन् ।

यसबारे प्रमाण समेत मिलेको बैज्ञानिकहरुको भनाइ छ । उनीहरुले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई यस रोगबारे जारी गरिएको दिशा–निर्देशन परिमार्जन गर्न पनि माग गरेका छन् । समाचार अनुसार अनुसन्धानकर्ताले डब्लूएचओलाई एक खुलापत्र लेख्दै यस्तो आग्रह गरेका हुन् । उक्त पत्र अर्को हप्ता कुनै विज्ञानसँग सम्बन्धित पत्रिकामा प्रकाशित गर्ने योजना रहेको बताइएकाे छ । यसमा ३२ देशका २३९ वैज्ञानिकले यस दाबीसँग जोडिएको प्रमाण पेश गर्नेछन् ।

न्युयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरुले यो दाबी गरेका छन् कि हाच्छिउँपछि हावामा टाढासम्म जाने कणहरु जो एक कोठा जत्रो क्षेत्रमा फैलन सक्छ, त्यसमा रहेको भाइरसले मानिसलाई संक्रमित बनाउन सक्छ । यद्यपी डब्लूएचओले न्युयोर्क टाइम्सलाई दिएको बयानमा अनुसन्धानकर्ताले दिएको प्रमाण पर्याप्त नभएको बताएको छ ।

डब्लूएचओका अनुसार कोरोना भाइरस रोग मुख्य रुपमा एक व्यक्तिबा अर्को व्यक्तिसम्म र्याल तथा थुकका छिट्टाहरुबाट सर्छ, जुन हाच्छिउँ गर्दा नाक र मुखबाट निस्कन्छ । डब्लूएचओका डा. बेनेडेटा अलेंग्राजीले न्युयोर्क टाइम्ससँग भने, ‘विशेष गरी गत दुई महिनामा हामीले धेरै पटक भनेका छौं कि हामीले यो विचार गर्‍यौं कि यो रोग हावामा फैलिन सक्छ तर यसमा प्रमाणित गर्न कुनै ठोस वा स्पष्ट प्रमाण छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *