यो वर्षको श्रावणी मेला स्थगित

काठमाडौं । यस वर्षको श्रावणी मेला स्थगित गरिएको छ । श्रावण महिना भरि लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित् गरिएको हो ।
बोलबम कावरिया संघ, भोलेनाथ काबरिया संघ, ॐ बोलबम कावरिया संघ र पशुपतिनाथ कावरिया संघले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यो वर्षको श्रावणी मेला स्थगित् गरिएको जानकारी गराए ।
शनिबार बोल बम काँवरिया संघको कार्यालयमा संघका अध्यक्ष रामआज्ञा रौनियारको अध्यक्षतामा बसेको बैठकले यो वर्षको श्रावणी मेला कोरोना भाइरसको कारण स्थगित् गर्ने निर्णय भएको बोल बम काँवरिया संघका कार्यवाहक अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताले जानकारी दिए । कोरोनाकै कारण आफूहरुले यो मेला स्थगित् गरेको गुप्ताले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा बोल बम काँवरिया संघका अध्यक्ष रामआज्ञा रौनियार, उपाध्याय उमेशकुमार चौधरी, भोलेनाथ काँवरिया संघका कोषाध्यक्ष नरेश तिवारी, ॐ बोलबम कावरिया संघका कोषाध्यष कनहैयालाल ठाकुर र पशुपतिनाथ काँवरिया संघका रामायण प्रसाद गुप्ता सहभागी थिए । उनीहरुले पनि कोरानाकै कारण आफूहरुले यो वर्षको श्रावणी मेला स्थगित् गरेको जनाए ।








