विश्वको पहिलो १०–स्पिड स्वचालित गाडी नेपाली बजारमा

काठमाडौँ । विश्वको पहिलो १०–स्पिड स्वचालित ट्रान्समिसन भएको नयाँ मोडलको गाडी नेपाली बजारमा भित्रिएको छ । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा भित्र्याएको हो ।

विश्वको पहिलो १०–स्पिड स्वचालित ट्रान्समिसन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको छ नेपालमा यसको मूल्य रु १.४९ करोड रहेको छ ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभुत्व स्थापित गर्ने आशा राखेको फोर्डले जनाएको छ । गाडीमा एसयूवी चालकले अपेक्षा गरे भन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरूको यो पहिलो रोजाइ बन्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यकासाथ नेपालमा यो कार भित्रिएको छ । यो गाडी विश्वको पहिलो १० स्पिड स्वचालित ट्रान्समिसनयुक्त हो । यो कारयो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो । साथै चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा पनि यसमा रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ । साथै । आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

डिजेल गेम चेंन्जर–अल न्यु फोर्ड २.० लिटर ईको ब्लु इन्जिन
२०२० फोर्ड एन्डेभरमाउन्नत २.० ईकोब्लू डिजेल इन्जिनप्रयोग गरिएको छ । पछिल्लो परिष्कृत यस इन्जिनका कारण इन्धन र पर्फरमेन्सका लागि यो अतुलनीय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।
एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ ।

४ह४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिष्ट इन्धन क्षमता रहेको छ । जसले १२.४ किलोमिटरप्रति लिटर माइलेज दिन्छ ।

फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुपहो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाइ घटाएको छ ।
उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविष्कारसहितका विशेषताहरू छन् । यस गाडीमा नयाँ इञ्जिन डिजल निकास फ्लुइडको प्रयोग गरिएको छ । यस फ्लुईडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदूषण कम गर्दछ।

विशिष्ट नवीनताहरू
सेलेक्ट शीफ्ट® सहितपहिलोपटक १० स्पिड अटोमेटिक ट्रान्समिसन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथ यात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ । स्टिल, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रूपमा निर्माण गरिएको छ । जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्ट सिफ्ट® यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो । विशेष गरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्धारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ ।

विशिष्ट एसयूभी हरेक कोणले सबैभन्दा राम्रो
२०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यु कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुवै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरू राखिएका छन् ।

आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षा आदिलाई मध्यनजर गरी निर्माण गरिएको यस कारमा निम्न थप विशेषताहरू रहेका छन् :

  •  आवश्यक ट्रान्सफर्मर र टर्ककालागिउत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ ।
  •  यस सेग्मेन्टमा पहिलो पटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडकर बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस)को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधा सम्पन्न यात्राका लागि सहयोग पु¥याउँछ ।
  •  सुरक्षाका लागि ड्राइभरको घुँडाछेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् ।
  •  उत्कृष्ट ग्राउन्ड क्लियरेन्सकासाथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ ।
  •  ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पलकारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाइएन सीथ्री लगायतका विशेषताहरू रहेका छन् ।
  •  क्याबिनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ ।
  •  ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ ।
  •  फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरी २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ ।
  •  अर्ध स्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् ।
  •  ३ वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी ।

कम्पनीले यसमा डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध यस कारको प्रारम्भिक मूल्य रू. १ करोड ४९ लाख राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =