टोरिनमाथि युभेन्टसको सहज जित, लिगमा ७ अंकको स्पष्ट अग्रता
मकालु खबर
२०७७ असार २१ गते
काठमाडौं । इटालियन सिरी ए मा युभेन्टसले टोरिनमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले टोरिनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा पाउलो डिबाला, जुआन कुआर्ड्राडो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल टोरिनका कोफ्फी डिजीडिजीले आत्मघाती गोल गरेका थिए । त्यस्तै टोरिनका लागि एक गोल एन्ड्रेअ बेलोटीले गरेका थिए ।
यो जितपछि युभेन्टसले महत्वपूर्ण ३ अंक हासिल गर्दै ३० खेलमा ७५ अंक बनाएको छ । त्यस्तै गएराती नै भएको खेलमा दोस्रो स्थानमा रहेको लाजिओ एसी मिलानसँग ३-० ले पराजित भएसँगै युभेन्टसले अब लिगमा ७ अंकको स्पष्ट अग्रता बनाएको छ ।
मकालु खबर
२०७७ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित