कैलालीमा होम क्वारेन्टाइनमा बसेकी महिलाको निधन

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको होम क्वारेन्टिनमा बसेकी एक महिलाको निधन भएको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १० मा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको हो।

उक्त नगरपालिकाका वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको जानकारी दिएका छन् ।

जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी बताइएको छ ।
ती महिलालाई प्यारालाइसिस र रक्तचापको समस्या पहिलेदेखि रहेको अध्यक्ष शाहीले बताएका छन् ।
उनको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको छ।

रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *