भोली विहान यी स्थानमा हुन्छ विद्युत सटडाउन

नेपाल विद्युत प्राधिकरणले भोली विहान राजधानीका विभिन्न स्थानमा विद्युत आपुर्ति बन्द हुने जनाएको छ । महाराजग‌ंज वितरण केन्द्रको चपलि सबस्टेशन तारेभिर फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका ३ को निलोपुल विराट सुज देखि मोहनपोखरी सडकखण्डमा सडक विस्तार कार्यको लागी विद्युतिय संरचना व्यवस्थापन गर्नु पर्ने भएकोले केही स्थानमा विद्युत आपुर्ति बन्द हुने छ ।

शनिबार विहान ९ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने छ । सट डाउन हुँदा उक्त फिडर अन्तर्गत मुहानपोखरी, गैरीगाउँ, सिमलिगाउँ, पौडेलचोक, विराटसुज लगायतका क्षेत्रहरुमा विद्युत आपुर्ति बन्द हुने छ ।

यसैगरी कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकी देखी ढुंगेधारा सम्मको चक्रपथ विस्तार कार्य अन्तर्रगत स्वीचाटार पुलबाट सितापाइला चोकसम्मको सडकको दायाँ बायाँको पुरानो विद्युतीय संरचना (एच टी एल टी लाइन) हटाउने कार्य गर्नुपर्ने भएकोले विहान ११ बजेबाट साँझ ५ बजेसम्म स्वीचाटार स्वयम्भु फिडर सट डाउन हुनेछ ।

उक्त फिडर अन्तर्गत सितापाइला, बुढाथोकी कोल्ड स्टोर ,मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा विद्युत आपुर्ती बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =