विराटनगरमा एकै दिन प्रधानमन्त्री ओलीका समर्थक र विरोधीकाे प्रदर्शन

  • सुजाता लिम्बु

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विराटनगरमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको पक्षमा शुक्रबार स्वतन्त्र युवा समाज मोरङकाे नेतृत्वमा प्रदर्शन भएकाे हाे ।

प्रदर्शनमा उत्रिएकाहरूले ‘जनताको साथ ओलीलाई, आजलाई होईन भोलीलाई’, ‘राष्ट्रिय एकता आजको आवश्यकता’, ‘म मेरो प्रधानमन्त्रीको सामर्थनमा छु’, ‘म एक स्थिर सरकारको साथमा हुँ’, ‘ओलि सरकार परिवर्तन गर्न पाईँदैन’ जस्ता प्ले कार्ड बाेकी नारा लगाएका थिए । बाशु नेपालको संयोजकत्वमा विराटनगर ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन जलजला चोकमा कोणसभामा परिणत भएको थियो ।

अर्को तर्फ शुक्रबार नै विराटनगरमा नागरिकता संधोधन विधेयक खारेज गर्न माग राख्दै सरकार विरुद्ध प्रदर्शन गरिएको छ ।
जनमत पार्टीले सरकारले ल्याएको नागरिकता संशोधन विधेययक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न माग राख्दै विरोध प्रदर्शन गरेको हो । सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =