चन्द्रागिरी हिल्सका सञ्चालक भन्छन्- ‘सरकारले खाेल्न आदेश दिए हामी तयारी अवस्थामा छौँ’

काठमाडौं । कोरोना भाईरस (कोभिड १९) का कारण बन्द रहेको चन्द्रागिरी हिल्स सञ्चालन गर्न तयार रहेको सञ्चालकहरुले बताएका छन् । नेपालकै आकर्षक पर्यटकीय क्षेत्र चन्द्रागिरी सञ्चालनमा ल्याउन आफूहरु तयार रहेको चन्द्रागिरी हिल्सका सञ्चालक हेमराज ढकालले बताए ।
ढकालले पर्यटकीय केन्द्र कोरोना भाईरसका त्राससँगै बन्द अवस्थामा रहेको चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयार रहेको बताएका हुन् । उनले अब खुला गर्दा आन्तरिक पर्यटकलाई विशेष सहुलियतको प्याकेज दिने तयारी भइरहेको समेत जानकारी दिए ।
चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले सरकारले खुला गर्न अनुमति दिए तत्कालै खुलाउन सकिने गरी, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खोल्न सबैतयारी भइसकेकाे बताए । शाहले भने, ‘हामी पुन रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दै सरकारले खोल भनेसँगै हामी तयारी अवस्थामा छौँ ।’








