लकडाउनमा पत्रकार नै मारमा, मालिकविरुद्ध उत्रिए सडकमा

काठमाडौं । कोरोना महामारी (कोभिड १९) ले निम्त्याएको संकटको जोखिम टाल्न जारी लकडाउनले पत्रकार नै प्रभावित भएका छन् । लकडाउनको कारण देखाएर मिडिया हाउसबाट विना तलब निकालिने तथा बेतलबी बिदा दिन थालेपछि पत्रकारहरू सडकमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघको अगुवाईमा शुक्रबार बबरमहलमा पत्रकारहरुले प्ले कार्ड बोकेर पेशागत सुरक्षाकाे माग गर्दै प्रदर्शन गरेका छन् । प्रतिष्ठित मिडिया हाउसका कर्मचारी र पत्रकारहरु पनि संगठित भएर सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरूले ‘काेराेना कालकाे पहिलाे महिनामै पत्रकार बिचल्ली, मालिक माेज र तडक-भडकमा पत्रकार भाेकै सडकमा, अरूका आवाज हामीले सुन्याैँ हाम्राे आवाज कसले सुन्ने, मेराे सम्पादककाे मुटु छ मर्म छैन, सञ्चार गृहले कमाएकाे अर्बाैँ मुनाफा खाेई ?’ लगायत लेखिएकाे प्लेकार्डहरू बाेकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =