प्रधानमन्त्री ओलीकाे पक्षमा भक्तपुरमा पनि प्रदर्शन, सरकार परिवर्तन नगर्न चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए ।

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमतको मान्न आग्रह गरे । प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा वक्ताले राखेका थिए ।

सूर्यविनायकमा शुरु भएको यार्ली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर, राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =