सल्यानका ७० जना क्वारेन्टिनबाट भागे

सुर्खेत । सल्यानका ७० जना आज क्वारेनिटनबाटै भागेका छन् । क्वारेन्टिनमा बसेको एक महिना बित्दा पनि आरटी–पीसीआर रिर्पोट नआएपछि सल्यानका ७० जना क्वारेन्टिनबाट भागेका हुन्। बनगाड कुपिण्डे नगरपालिका–३, को आधारभूत विद्यालय लहाघाटमा रहेको क्वारेन्टिनबा उनीहरु बिहीबार भागेर घर गएका हुन् ।

क्वारेन्टिनमा ७३ जना बसेका थिए । उनीहरुमध्ये ७० जना पीसीआर रिर्पोट नआएको भन्दै भागेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेब पोखरेलले जानकारी दिए । क्वारेन्टिनमा बसेकाहरुले यसअघि पनि पटक–पटक आन्दोलन गर्दै आएका थिए ।

भागेका मध्ये तीनजना आरडीटी पोजेटिभ रिपोर्ट आएका पनि रहेको पोखरेलले बताए। जेठ १९ गतेदेखि उनीहरु उक्त क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरु सबैजना भारतबाट आएका हुन् ।

पोखरेलका अनुसार क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी गर्दा तीनजनामा पोजेटिभ देखिएको थियो । सँगै बसेका तीनजनमा आरडीटी पोजेटिभ देखिएपछि सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पठाइएको थियो । उनले क्वारेन्टिनबाट भागेकाहरुको खोजी भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *