भविष्यमा फेरि यस्तो भयो भने कानुनी प्रक्रियामा जान्छुः साम्राज्ञी

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भविष्यमा फेरि पनि आफूमाथि दुव्र्यवहार भएमा कानुनी प्रक्रियामा जाने बताएकी छिन् । पछिल्लो समय आफूमाथि भएको दुव्र्यवहारबारे खुलेर आफ्नो भनाइ राख्दै आएकी साम्राज्ञीले भविष्यमा यस्तो भाेग्नु नपराेस् भन्दै यदि भइहालेमा कानुनी प्रक्रियामा जाने बताएकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक भिडियोमा उनले भनेकि छिन्, –‘महिलाहरु काम गर्ने जुनसुकै ठाउँमा पनि यस्तो अवस्था आयो भने भन्नुपर्छ । मलाई पनि थाहा छ यो कुरा धेरै पुरानो हो र भन्नलाई पनि धेरै नै ढिला भईसकेको छ । भविष्यमा यस्तो कुरा नहोस् । फेरि यस्तो कुरा भयो भने म कानुनी रुपमा जान्छु ।’

अहिले साम्रागी र नायक तथा निर्देशक, निर्माता भुवन केसीबिच विवाद छ । साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’ काे प्रमाेशनकाे क्रममा आफूमाथि ह्यारेस्मेन्ट भएकाे तथा सुटिङका क्रममा भएका असुविधाका कुराहरु बाहिर निकालेपछि नायक केसी पनि विवादमा तानिएका छन् । यद्यपी उनले साम्राज्ञीको आरोप भने स्वीकार गरेका छैनन् ।

यता साम्राज्ञीले पनि आरोप लगाउन छोडेकी छैनन् । पछिल्लो भिडियोमा उनले भनेकी छिन्, ‘धेरै जनालाई एउटै कुरामा उत्सुकता छ,– कुरा पहिला किन नभनेको अहिले किन भनेको ? एक त नयाँ नायिका, त्यो माथि पनि म बच्चा नै थिएँ । त्यतिबेला मलाई कानुनी प्रक्रियाको बारेमा थाहा थिएन । मैले यो कुरा निकाल्न खोज्दा मलाई धेरै जनाले रोक्न खोज्नुभयो । एउटा सानो अन्तर्वार्तामा मैले आफ्नो संघर्षको बारेमा कुराकानी गर्दा त्यसलाई घुमाएर मलाई नै नराम्रो बनाइयो । नचाहिँदो समाचार निकालियो । पहिले किन भनिनँ भनेर अहिले मलाई पछुतो लागेको छ ।’

https://www.instagram.com/tv/CCG2qpgn663/?utm_source=ig_embed 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *