असार २४ गते नेपाली सेना अफ्रिका जाँदै, नेपाल एयरले चार्टर्ड उडान गर्ने

काठमाडौं । नेपाली सेना शान्ति मिसनका लागि यहिँ असार २४ गते अफ्रिका जाने भएका छन् । कोरोना महामारीकै समयमा संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि नेपाली सेना सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका हुन् ।

नेपाल वायु सेवा निगमले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने छ ।

यूएनको शान्ति मिसनमा नेपाली सेना लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने निगमको अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिएका छन् ।

निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसंघको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मालीको मिनुसामा सेनालाई लैजाने सम्बन्धमा बिहीबार निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौता अनुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ ।

निगमको वाइडबडी जहाज काठमाडौंबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको अपरेशन प्रमुख जुहार्चनले बताए ।

निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *