स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकले किन दिए पदबाट राजीनामा ?

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकले पदबाट राजीनामा दिएका छन् । कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन् ।

उनी १८ महिना अघि लोक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भएका थिए । लोक सेवा आयोगबाट सिफारिस भएका उनलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेको थियो । उनी २०७५ मंसिर २३ मा नियुक्त भएका थिए ।

तर कार्यअवधी नसकिँदै पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले पोखरेलसहित बिमा बोर्डका सबै पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको थियो । स्वास्थ्यका अधिकारीहरुले राजीनामा पत्र आएको र दर्ता भएको भन्दै आवश्यक कारबाही अघि बढाउने बताए ।

स्वास्थ्यबिमा कार्यक्रम योजनामा सरकारले चालु आर्थिक वर्षका लागि करिब ७ अर्ब रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *