तलब बृद्धिको माग गर्दै वीपी प्रतिष्ठानका हाउस अफिसरहरु आन्दोलित

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल तथा हाउस असिफरहरु तलब वृद्धि नभएपछि आन्दोलित भएका छन् ।

प्रतिष्ठानले अन्य चिकित्सक, कर्मचारी तथा शिक्षकहरुलाई तलबमानको २० प्रतिशत तलब बृद्धि गरेपनि आफुहरुको विषयमा कुनै निर्णय नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले आज बुधबार बिहानदेखि प्रतिष्ठानको उपकुलपति कार्यालय अघि शान्तिपुर्णरुपमा आन्दोलनमा सुरु गरेका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको अवस्थामा उपकुलपतिले कर्मचारी, चिकित्सक र शिक्षकहरुको तलब बृद्धि गर्दा आफुहरुलाई छुट्याएको उनीहरुको भनाई छ ।

‘प्रतिष्ठानले हामी माथी विभेद गरेको छ, अरु सबैको तलबमान २० प्रतिशतसम्म वृद्धि हुँदा हामी हाउस अफिसरहलाई संवोधन गरिएन ।’ उपकुलपति कार्यालय अगाडी धर्नामा उभिएका एक हाउस अफिसर डाक्टरले बताए ।

घिमिरेका अनुसार प्रतिष्ठानका मेडिकल असिफरहरुले अन्य सरकारी स्वास्थ्य संस्थामा भन्दा न्युन तलबमा काम गरिरहेका छन् । सरकारले तोकेको बेसिक तलब ४५ हजार ७ सय ४६ भएको र अन्यमा स्वास्थ्य संस्थाहरुले ५५ हजार भन्दा माथि तलब दिएपनि प्रतिष्ठानले २९ हजार तलब मात्र दिने गरेको छ ।

प्रतिष्ठानमा ४८ जना डेन्टल तथा हाउस असिफरहरु कार्यरत समेत छन् । प्रतिष्ठानको ग्यास्ट्रो, कार्डियो, पल्मो, पेडियाट्रीक, डेन्टल र इमेरजेन्सीमा काम गर्ने मेडिकल अफिसरहरू धर्नामा बसेपछि अहिले इमरजेन्सी, ग्यास्ट्रो, कार्डियो, पल्मो, पेडियाट्रीक, डेन्टल विभागमा मेडिकल अफिसरहरूको उपस्थिति छैन ।

यस्तै, मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त डाक्टरलाई प्रतिष्ठानमा मेडिकल अधिकृतको रुपमा नराखेकोमा पनि उनीहरुले असन्तुष्टी जनाएका छन ।

उपकुलपतिलाई आफना मागबारे जानकारी गराए पनि सुनुवाई नभएको उनीहरुको भनाई छ । माग पुरा नभएसम्म काम छोडेर दैनिकरुपमा शान्तिपुर्ण धर्नामा उत्रने उनीहरुले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *