अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
२०७७ असार १७ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किसकेको जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ ।’
२०७७ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित









