प्रतिनिधि र राष्ट्रिय सभा दुवै बैठक स्थगित, शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बुधबारको बैठक स्थगित भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद रहेकी ६६ वर्षीया सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै दुवै सदनको बैठक स्थगित गरिएको हो । आजको बैठकमा सांसदहरुले उठेर १ मिनेट मौनधारण गरी शोक व्यक्त गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक असार २२ गते आइतबार बस्नेछ भने राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते बिहीबार बस्ने छ ।

सांसद छन्त्यालको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आज बिहान निधन भएको हो । उनको गत आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको थियो । छन्त्याल मुटुमा समस्या देखिएपछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा सहभागी हुन सकेकी थिइनन् ।

छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् । बाग्लुङको तमानखोला गाउँपालिका ५ खुंखानीमा जन्मेकी छन्त्याल लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *