लायन्स र लियोको आयोजनामा वृक्षारोपण

विराटनगर । लायन्स क्लव अफ विराटनगर युनिक र लियो क्लव अफ विराटनगर युनिकको आयोजनामा वृक्षारोपण तथा व्यक्तिगत सुरक्षा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

लायन्स क्लव अफ विराटनगर युनिकका अध्यक्ष प्रविण अग्रवालको अध्यक्षतामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार वृक्षारोपण तथा व्यक्तिगत सुरक्षा सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।

लायन्स क्लव अफ विराटनगरको कार्यकालको पहिलो दिन अर्थात (जुलाई १) को अवसर पारेर जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा स्वस्थ्य तथा हरियाली वातावरण बनाउन साथै कोभिड– १९ को अप्ठयारो परिस्थितिमा सुरक्षाकर्मी अग्रभागमा रहेर काम गर्नुपर्ने भएकाले व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि मास्क तथा सेनिटार्ईजर वितरण गरिएको लायन्स क्लव अफ विराटनगरका अध्यक्ष प्रविण अग्रवालले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको मातहतमा रहेका प्रहरी पोष्टमा उक्त स्वास्थ्य सामाग्री वितरण गर्नका लागि एक सय थान केएन–९५ मास्क, दुई सय थान सेनिटाइजर र हजार थान सर्जिकल मास्क वितरण गरिएको छ, त्यस्तै एबोगार्डा, ग्रिनल्पान्ट, एप्पल लगायतका विभिन्न प्रजातिका विरुवाहरु जिल्ला प्रहरी कार्यालय मोरङको प्राङगणमा रोपिएको छ ।

लायन्स क्लब अफ विराटनगर युनिक र लियो क्लव अफ विराटनगर युनिकको कार्यक्रम प्रति जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोस खड्काले खुशी व्यक्त गरेका छन् । उनले यसरी नै सहकार्य गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

उक्त कार्यक्रममा लायन्स लियो क्लव युनिक र लियो क्लव अफ युनिकका पदाधिकारीहरु साथै जिल्ला प्रहरी कार्यालय मोरङका अधिृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *