मेसीको ७००‍‍‍ औं‍‌‌ गोल तर, बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेसीले आफ्नो क्यारियरमा ७ सयौं गोल पूरा गरेका छन् । गएराती सम्पन्न एटलेटिको म्याड्रिडविरुद्धको खेलमा खेलको ५०औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेसीले आफ्नो क्यारियरको ७ सय गोल गरेका हुन् ।

गत जुन २४ मा आफ्नो जन्मदिन मनाएका मेसीले क्यारियरको ७ सयौं गोल पूरा गर्ने क्रममा बार्सिलोनाका लागि ६३० गोल गरेका छन् भने आफ्नो देश अर्जेन्टिनाका लागि ७० गोल गरे । मेसी बार्सिलोनाका लागि अल टाइम उच्च गोलकर्ता हुन् । योसँगै मेसी केहि सिमित खेलाडीले गरेको ७ सय गोलको क्लबमा प्रवेश गरेका छन् ।

मेसी आफ्नो खेलजीवनको ७००‌औं‍‌‌ ‌ गोल गर्न सफल रहे पनि बार्सिलोना एट्लेटिको म्याड्रिडसँग २–२ को बराबरीमा रोकिएको छ । यसले स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *