प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बोलाए बालुवाटार, गम्भीर कदम चाल्ने संकेत !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका केहि सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले बिहानै राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बोलाएका हुन् । दुवै पदवाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीमा अहम र दम्भ बढेको र पार्टीका नेताहरुलाई नै आरोपित गर्ने काम भएको भन्दै पदवाट राजीनामा दिन माग गरेका थिए । प्रधानमन्त्री ओलीले मंगलवार नै दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीसंग दुई पटक भेटवार्ता गरेका थिए ।

पार्टीभित्र चर्को आलोचना बढेसंगै प्रधानमन्त्री ओलीले गम्भीर कदम चाल्ने संकेत गरेका छन् । मन्त्रिहरुलाई मंगलवार सांझ नै बुधवार विहान सात बजेका लागी बालुवाटार बोलाएका थिए । पूर्व माओवादी र पूर्व एमालेका केही मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी गरेको चर्चासंगै प्रधानमन्त्रीले निकटस्थत मन्त्रीहरुसंग परामर्श गर्न लागेको स्रोतको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *