दाङको अन्न भण्डारमै पस्यो सलह, मकै बालीमा ठुलो क्षति

दाङ । भारतबाट नेपाल भित्रिएको सलहको झुण्डले दाङको अन्न भण्डार मानिने देउखुरीमा मकै बालीमा ठुलो क्षति पुर्‍याएको छ । मङ्गलवार दिउँसो दाङका विभिन्न क्षेत्रमा पसेको सलहले आधा घण्टामै मकै बालीमा ठुलो क्षति पुर्‍याएको हाे ।

मङ्गलवार राजपुर गाउँपालिका–२ को चम्फानगर, गढवा गाउँपालिका – ७ मानपुर र लमही नगरपालिका–६ को मध्यनगरका किसानले लगाएको मकैमा पनि सलहले क्षति पुर्‍याएको छ ।

किसानहरूले सलह भगाउन रित्ता भाँडा ठटाउने, आगो बालेर धुवाँ उडाउने लगायतका काम गर्दै आएका छन् ।

सलहले दाङमा मकै बालीमा क्षति पुर्‍याउन थालेको र सलह धपाउन सक्रिय हुन सन्देश प्रवाह गर्दै आएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =