गुल्मीका ४५ जनाले जिते कोरोना

गुल्मी । गुल्मीका ४५ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । १४ दिन आइसोलेसनमा बसेका ४५ कोरोना सङ्क्रमित मङ्गलवार डिस्चार्ज भएका हुन् ।

योसँगै गुल्मीमा निको भएर घर फर्किने कोरोना सङ्क्रमितको सङ्ख्या ८७ पुगेको छ । जसमध्ये ९ जना महिला र ७८ जना पुरुष छन् ।

घर फर्किनेहरूमा रेसुङ्गा नगरपालिकाका ३६, रुरुक्षेत्र गाउँपालिकाका १६, इस्मा गाउँपालिकाका १७, मालिकाका ४ तथा चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटका १/१ जना छन् । त्यस्तै गुल्मी दरबारका ४ जना र सत्यवती गाउँपालिकाका ६ जना छन् ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ जना पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =