सडकमा उत्रिए ट्याक्सी व्यवसायीः ‘भोक लाग्यो सरकार, काम गरी खान देऊ’

काठमाडौं । लकडाउन लम्बिएको दोस्रो दिन ट्याक्सी व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । आफ्नो व्यवसाय मारमा परेको भन्दै उनीहरु आज (मंगलबार) प्रदर्शनमा उत्रिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडालिटीमा केही खुकुलोकै अवस्थामा लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । पुरानै मोडालिटीमा लकडाउन लम्बिदा व्यवसाय सुचारु गर्न नपाएको भन्दै उनीहरुले मंगलबार विरोध गरेका हुन् ।

काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्ने लगायत माग राखि ठूलो संख्यामा प्रदर्शनमा निस्किएका ट्याक्सी व्यवसायीहरूले ‘रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने, कालो नम्बर प्लेटमा मात्रै सर्ने ? सार्ने यो कस्तो रोग हो सरकार ? भोक लाग्यो सरकार काम गरी खान देऊ’ लगायतका प्लेकार्ड बोकेका थिए ।

राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सी सञ्चालन गर्न दिन माग राख्दै उनीहरुले यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक समक्ष उनीहरूले आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =