साउन ७ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय
२०७७ असार १५ गते

फाइल फोटो
काठमाडौँ । सरकारले साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
अन्तरािष्ट्रय हवाई उडान र अन्तर्राष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
त्यस्तै काठमाडौँ उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।
२०७७ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








