नेकपा र कांग्रेस कार्यकर्ता बीचको झडपमा गोली चल्यो, १८ जना घाइते

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिका-३ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा डेढ दर्जन घाइते भएका छन् । कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नेकपा कार्यकर्ता रामजल रायको असार ७ गते हत्या गरिएको थियो । हत्यारालाई कारबाही गर्न माग गर्दै नेकपा कार्यकर्ताले जुलुस निकालेका थिए । जुलुसमा प्रयोग गरिएको ट्रयाक्टरले बाटो छेकेको थियो, कांग्रेस कार्यकर्ताले बाटो छेकिएको भन्दै हटाउन आग्रह गरेका थिए । त्यहि विषयलाई लिएर विवाद बढ्दै जाँदा झडप भएको हो ।

बाह्र बोरको बन्दुकको छर्रा लागेर १८ घाइते भएका र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रदेश नम्बर २ का डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए । सामान्य विवादले उग्ररूप लिएपछि भेला भएका दुबै पार्टीका करिव एकरएक सय जनाको भीडलाई तितरवितर पार्न प्रहरीले पनि ५ राउण्ड हवाइ फायर गरेको उनले बताए ।

कांग्रेसका कार्यकर्ताले हतियारसहित आफुमाथि आक्रमण गरेको नेकपा कार्यकर्ताले बताएका छन् भने कांग्रेस कार्यकताएले नेकपाको कार्यकर्ताले आएर अचानक आक्रमण गरेको आरोप लगाएका छन् । गोली चलाएको आरोपमा प्रहरीले स्थानीय मुकेश साहलाई नित्रन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सोधपुछ भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *