आज असार १४ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार १४, २०७७ । ई.सं. 28 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । आइतवार आषाढ शुक्लपक्ष ।तिथि अष्टमी, २४:०७ बजे उप्रान्त नवमी । नक्षत्र उत्तरफाल्गुनी, ०९:०२ बजे उप्रान्त हस्त । योग वरियान्, २१:०० बजे उप्रान्त परिघ । करण भद्रा १३:२१ बजेदेखि वव, २४:०७ बजे उप्रान्त तैतिल । चन्द्रराशि कन्या । आनन्दादि योग मित्र । दिनमान ३४।३४ । सूर्योदय ०५:१२ । सूर्यास्त १९:०२ । अष्टमी व्रत । गोरखकाली पूजा । सर्वार्थसिद्धि योग १३:२१ बजेपछि ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध राम्रो रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्याङन हुनेछ । मनमा शान्ति छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ कार्यमा सरिक भाईनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामान हराउने योग छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ सवारी कार्य प्राप्तिको योग छ । दिनको उत्तरार्धमा खर्च बढ्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नयाँ योजना बन्ने र सहकार्यको अवसर मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । रोकिएको नयाँ कमको पुन: थालनी हुनेछ । धार्मिक यात्राको योगपनि छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *