ब्रेकअपपछि सुशान्तसँग अंकिताकाे कुरा हुन्थ्याे ? अंकिताले गरिन् खुलासा

काठमाडौं । सुशान्तसिंह राजपूतको आत्महत्यापछि उनकी पूर्व प्रेमिका अंकिता लोखण्डेले पहिलो पटक उनीहरुबीचको सम्बन्धका बारेमा बोलेकी छिन् । ब्रेकअपपछि सुशान्तसँग कुराकानी नभएको अंकिताको भनाइ छ ।
अंकिता र सुशान्त करिब ६ वर्षसम्म प्रेमसम्बन्धमा रहेका थिए । सुशान्तको आत्महत्यापछि अंकितासँ जोडिएर पनि कुराहरु मिडियामा आइरहेका थिए । अघिल्लो वर्ष सार्वजनिक भएको उनको फिल्म मणिकर्णिकाको प्रमोशनको समयमा अंकिताले स्पोटब्याईलाई दिएको अन्तरवार्तामा उनले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नहुने खुलासा गरेकी थिइन् ।
साथै, यी दुवैले ब्रेकअपपछि एक अर्काको सम्बन्धलाई लिएर आरोप–प्रत्यारोप समेत गरेका थिएनन् । उक्त अन्तरवार्तामा अंकिताले ब्रेकअपपछि आफू र उनी (सुशान्त) पनि सम्हालिइसकेको बताएकी थिइन् ।
आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेका सुशान्तको पोस्टमार्टम रिपोर्ट पनि सार्वजनिक भइसकेकाे छ । मुम्बई प्रहरीलाई प्राप्त फाइनल रिपोर्टमा सुशान्तले फाँसी लगाउँदा निधन भएको पुष्टि भएको छ ।
५ जना डाक्टरको टिमले रिपोर्ट हेरेर विश्लेषण गरेका थिए । रिपोर्टमा सुशान्तको मृत्युको कारण ‘Aspecia Due To Hanging’ भएको उल्लेख छ । मुम्बई प्रहरीले अब भिसेरा रिपोर्ट पर्खिरहेको छ । मानिसको मृत्युपछि मृत्युको कारण पत्ता लगाउनका लागि शरीरका केही आन्तरिक अंगलाई सुरक्षित राखिन्छ । जसलाई भिसेरा भनिन्छ ।
सुशान्त आत्महत्या प्रकरणमा उनसँग जोडिएका २३ जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ। अझै अनुसन्धान जारी छ। सुशान्त ११ दिनअघि बान्द्रास्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले डिप्रेशनका कारण आत्महत्या गरेको बताइएको छ ।








