एक क्‍विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ

पोखरा । बागलुङका एक वडाध्यक्ष गाँजासहित पक्राउ परेका छन् । बागलुङको निशिखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई इलाका प्रहरी बुर्तिवाङले एक क्विन्टलभन्दा बढी परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

बिक्री गर्न गाँजा लिएर हिँडेका उनलाई वडा ५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =