लागुऔषध कारोबारी इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले लागुऔषध कारोबार गरेको अभियोगमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

निरीक्षक शाही बिहीबार ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका  थिए । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर (एनसीबी) ले ललितपुर परिसरबाटै उनलाई पक्राउ गरेको थियो । अदालतले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।

ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा शाहीको पनि संलग्नता भेटिएको पाइएपछि उनलाई पनि नियन्त्रणमा लिइएको हो ।

अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =