घरभाडा छुट नभए आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी

काठमाडौं । होटल व्यवसायी महासंघले घरभाडा छुट नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

कोभिड– १९काे विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरु बीच विभेद गरेको अध्यक्ष शाहकाे आरोप छ । सबै होटल बन्द भएको अवस्थामा साना होटलहरुलाई बेवास्ता गरेको भन्दै महासंघले विभिन्न १४ बुँदे माग राखेकाे छ ।

होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरिएकाे छ । लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा १ वर्ष सम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने पनि महासंघको माग छ ।

त्यसैगरी एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =