पाल्पामा एकैदिन १२४ संक्रमित थपिए

बुटवल । पाल्पामा आज (बिहीबार) थप ३१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

तानसेनको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका तीन जना, रम्भा गाउँपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तिनाउ गाउँपालिकामा एक जना, पूर्वखोला गाउँपालिका १ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदनआश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २१ जनामा पनि कोरोना पुष्टि भएको हो ।

यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै पाल्पामा कारोना संक्रमितको संख्या ३७२ पुगेको छ । संक्रमितमध्ये ११८ जना पुरूष रहेका छन् भने ६ जना महिला छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =