चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु

सप्तरी । चट्याङ्ग लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

मृत्यु हुनेहरुमा जिल्लाको महदेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर रहेका छन् । त्यस्तै डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादव, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साहको पनि चट्याङ लागेर मृत्यु भएको हो ।

मृतक  ललितादेबी यादव बिहानै खेतमा धान रोप्न भनेर गएकी थिइन् । उनकाे त्यहीँ मृत्यु भएकाे हाे । केसी साहकाे पनि खेतमा काम गर्न गएका बेला चट्याङ् लागेर मृत्यु भएको हो ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल भने घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी छिन् । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =