आज ६ देशमा रहेका नेपालीकाे उद्धार गरिँदै, जापानबाट मात्रै २५४ जना आउँदै

काठमाडाैं । आज कोरोना भाइरस (कोभिड–१९) का कारण विभिन्न ६ देशमा अलपत्र परेका नेपालीहरु नेपाल आउँदैछन् । विदेशी भूमिमा समस्यामा परेका नेपालीको उद्धार जारी गर्ने क्रममा आज १३ अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, आज संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापान र कतारबाट नेपाली ल्याइँदैछन् । जापानबाट आज सबैभन्दा धेरै २५४ को उद्धार हुनेछ ।

यूएई र दोहाबाट समान १५२ जना, कुवेतबाट १४९ को उद्धार हुँदैछ । कतारको दोहाबाट पनि नेपाली बोकेर विमान आउँदै गरेको विमानस्थल कार्यालयले जनाएको छ । दोहाबाट पनि नेपाली आउँदै छन् ।

पछिल्लो समय सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्तिका लागि पहल गर्दै आइरहेको छ । यस अघि गत साता मात्रै विदेशका विभिन्न देशका २३ वटा नेपालीको शव पनि ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *