प्रिमियर लिगमा म्यानचेस्टरकाे सात वर्षपछि ह्याट्रिक

काठमाडाैं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा विजयी भएको छ ।

शीर्ष चारमा स्थान बनाउन प्रयास गरिरहेको म्यानचेस्टरले घरेलु मैदानमा भएको खेलमा शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

उसका लागि तीनै गोल एन्थोनी मार्शलले गरे । उनले ७, ४४ र ७४ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन्। उनी लिगमा पछिल्लो सात वर्षमा ह्याट्रिक गर्ने म्यानचेस्टर युनाइटेडको पहिलो खेलाडी हुन् । सात वर्षअघि रोबिन भान पर्सीले युनाइटेडका लागि प्रिमियर लिगमा ह्याट्रिक गरेका थिए ।

जितपछि पाँचौँ स्थानको युनाइटेडको ३१ खेलबाट ४९ अंक भएको छ । उ चौथो स्थानको चेल्सी भन्दा दुई अंकले पछि रहेको छ । पराजित भएको शेफिल्ड युनाइटेड ३१ खेलबाट ४४ अंकसहित आठौँ स्थानमा कायम छ ।

लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा वुल्भ्सले बोर्नमाउथ तथा एभर्टनले नर्विचलाई समान १–० पराजित गर्दा न्यूक्यासल र एस्टन भिल्लाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *