स्पेनिस ला लिगामा बार्सिलाेनालाई पछि पार्दै रियल पुनः शिर्षस्थानमा

स्पेन । स्पेनिस ला लिगा रोचक मोडमा पुगेको छ । उपाधिको अन्त्यतिर उन्मुख ला लागिमा बार्सिलोना र रियल म्याड्रिडको अंक रोचक बन्न पुगेको छ ।

गएराती भएको खेलमा मालोर्कालाई २-० गोलले पराजित गरेर रियलले बार्सिलोनालाई पछि पार्दै पुनः शिर्ष स्थानमा उक्लिएको छ । यस अघि मंगलबार बार्सिलोना शिर्ष स्थानमा थियो ।

रियलको जितमा भिनिसियस जुनियरले १९ मिनेटमा पहिलो गोल गरे। कप्तान सर्जियो रामोसले खेलको ५६ मिनेटमा रियलको अग्रता दोब्बर पारेका थिए। जितसँगै रियलले ३१ खेलबाट ६८ अंक जोडेको छ।

दोस्रो स्थानमा झरेको बार्सिलोनाको पनि ३१ खेलबाट ६८ अंक नै छ । रियल म्याड्रिड हेड टु हेडको आधारमा शीर्ष स्थानमा उक्लिएको हो। ला लिगामा गोलअन्तर भन्दा हेड हु हेडलाई पहिलो प्राथमिकतामा राख्ने नियम छ।

त्यसैले रियलले अब बाँकी रहेका ७ खेलमा जित हात पारे बार्सिलोनालाई पछि पारेर उपाधि जित्नेछ। लिगको अन्य खेलमा ओसासुनाले अलाभेसलाई १-० र सेल्टा भिगोले रियल सोसिडाडलाई पनि १-० गोलले नै पराजित गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *