आज असार ११ बिहिबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग

वि.सं. असार ११, २०७७ । ई.सं. २५ जुन २०२० । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लाथ्व । प्रमादी उत्तरायण । ग्रीष्म । बिहीवार । आषाढ शुक्लपक्ष । तिथि चतुर्थी, ०८ः४४ बजे उप्रान्त पञ्चमी । नक्षत्र अश्लेषा, १३ः०० बजे उप्रान्त मघा । योग
हर्षण, ०८ः०४ बजे उप्रान्त वज्र । करण भद्रा ०८ः४४ बजेदेखि वव, १९ः५३ बजे उप्रान्त गर । चन्द्रराशि कर्कट । आनन्दादि योग अमृत । दिनमान ३४।३५ । सूर्योदय ०५ः११ सूर्यास्त १९ः०१ । भूमि पूजा।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शरीरमा आलस्यता आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रणय प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ, हानी, आय, व्यय वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । शुभकार्यमा सरिक भाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तसंग भेटघाट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो यात्रा रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *