एमसीसी सम्झौताको विरोधमा नेकपा निकट अनेरास्ववियू

विराटनगर । सत्तारुढ नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा अनेरास्ववियूले विराटनगरमा विरोध प्रदर्शन गरेको हो ।

एमसीसीलाई हुबहु संसद्बाट अनुमोदन गर्न नहुने भन्दै बुधवार विराटनगरस्थित ट्राफिक चौकमा विरोध प्रदर्शन गर्दै देशको स्वाधीनता र नेपालीको स्वाभिमानसँग सम्झौता गर्न नहुने भन्दै विभिन्न प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा उपस्थित भएका अनेरास्ववियूका नेता तथा कार्यकर्ताले अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘सरकार भिख मागेर समृद्धि आउँछ’, ‘एमसीसी लागू गर्दा नेपाली सुखी हुन्छ’, जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

विरोध प्रदर्शनमा बोल्दै नेता ओसिम आलमले एमसीसी सम्झौता हुबहु संसद्बाट पास गरे त्यो राष्ट्रघात हुने बताएका छन् ।

उनले भने,‘नेपाल र नेपालीको स्वाभिमान विरुद्धको सम्झौता अनेरास्ववियूले स्विकार नगर्ने ।’

प्रदर्शनका क्रममा अनेरास्ववियूका केन्द्रीय नेता तथा मोरङ विद्यार्थी इन्चार्ज ओसिम आलम, केन्द्रीय सदस्य जिसस न्यौपाने निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहता तथा अनेरास्ववियूका जिल्ला र क्याम्पसका नेताहरूको उपस्थित रहको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *