राप्ती-११ का वडाध्यक्ष तामाङको निधन
२०७७ असार १० गते

चितवन । चितवन राप्ती नगरपालिका- ११ का वडाध्यक्ष हितबहादुर तामाङको निधन भएको छ । मकवानपुरको भिमफेदीमा उपचारको क्रममा बुधबार दिउँसो उनको निधन भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन् ।
उनी लामो समयदेखी कलेजो तथा जन्डिस रोगको उपचार गराइरहेका थिए । लामो समय चितवन मेडिकल कलेजमा उपचार गराएका उनलाई केहि दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भिमफेदी लगिएको थियो ।
बुधबार नै राप्ती नगरपालिकाको सातौ नगर सभामा उनको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।
२०७७ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








