कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४६७ पुग्यो

धनगढी । कैलालीका थप ५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशीक अस्पताल धनगढीले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार काेराेना परीक्षण गरिएकामध्ये धनगढी उपमहानगरपालिकाका ६ महिला र १९ पुरुष गरी २५ जना र नगरपालिका गोदावरीमा ४ महिला र २८ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधबारका ५७ जना थपिएसँगै कैलालीमा कुल संक्रमित संख्या ४६७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =