सुनसरी टेक्निकल कलेजद्वारा वीपी प्रतिष्ठानलाई भिटिएम प्रदान

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुनसरी टेक्निकल कलेजले भिटिएम हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सहज होस् भन्ने हेतूले कलेजले भिटिएम दिएको हो ।

कलेजको तर्फबाट प्रतिष्ठानलाई २ सय थान भिटिएम दिइएको थियो । कलेजका प्रमुख लेखिराज सुब्बा तथा नेपाली कांग्रेस सुनसरी कार्यवाहक सभापति युवा नेता सन्तोष विकले प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई मंगलबार भिटिएम हस्तान्तरण गरेका थिए ।

भिटिएम प्राप्त गरेपछि प्रतिष्ठानका उपकुलपति डा. गिरीले कोरोना भाइरसको महामारीबाट सर्वसाधारणलाई जोगाउन तथा कोरोना परीक्षणमा सरकारलाई निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *