ह्यारी केनको गोलमा वेस्टह्याममाथि टोटनह्यामको सहज जित
२०७७ असार १० गते

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले वेस्टह्याममाथि २-० को सहज जित हासिल गरेको हो ।
टोटनह्यामको जितमा लामो समय इन्जुरीबाट बाहिर रहेका ह्यारी केनले कमब्याक गर्दै गोल गरेका छन् । उनले खेलको ८२औ मिनेटमा टोटनह्यामको दोस्रो गोल गरेका भने पहिलो गोल वेस्टह्यामका थोमस सोउसेकले आत्मघाती गोल गरेका थिए । ह्यारी केन गत डिसेम्बरदेखि इन्जुरीका कारण मैदान बाहिर रहेका थिए ।
यो जितपछि टोटनह्याम ३१ खेलमा ४५ अंकसहित लिगको सातौ स्थानमा रहेको छ । आउदो सिजनमा च्याम्पियन्स लिगमा छनौट हुने लक्ष्य राखेको टोटनह्यामले यस सिजनका बाँकी सबै खेल जितेमा मात्र सम्भव देखिन्छ ।
२०७७ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








