आज असार १० गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार १०, २०७७ । ई.सं. 24 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० । दिल्लाथ्व प्रमादी उत्तरायण ग्रीष्म । बुधवार आषाढ शुक्लपक्ष । तिथि तृतीया, १०:१२ बजे उप्रान्त चतुर्थी । नक्षत्र तिष्य, १३:४५ बजे उप्रान्त अश्लेषा । योग व्याघात, १०:१५ बजे उप्रान्त हर्षण । करण गर १०:१२ बजेदेखि वणिज, २१:३१ बजे उप्रान्त वालव । चन्द्रराशि कर्कट । आनन्दादि योग मातंग । दिनमान ३४।३५ । सूर्योदय ०५:११ । सूर्यास्त १९:०१ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा मानमुटावले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अध्ययनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एउटै कामबाट दोहोरो लाभ मिल्ने र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा, चोटपटकको भयछ सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परिश्रम गर्दा राम्रै धनार्जन हुनेछ । दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *