स्वदेश फर्किइन् हिमानी शाह
२०७७ असार ९ गते

फाइल तस्विर
काठमाडौं । पूर्वयूवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छिन् । थाइल्याण्डबाट उनी आज (मंगलबार) नेपाल एयरलाइन्सको विमानमार्फत् स्वदेश फर्किएकी हुन् । उनी बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी थिइन् । सो बिचमा लकडाउन भएपछि स्वदेश फर्किन पाएकी थिइनन् ।
आज नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् । दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टिनमा बसेका छन् ।
हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् ।
२०७७ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








