युभेन्टसको जितमा रोनाल्डो र डिबालाको गोल
२०७७ असार ९ गते

काठमाडौं । क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ ।
गएराती सम्पन्न खेलमा युभेन्टसले बोलोगनामाथि २-० गोल अन्तरको सहज जित हासिल गरेको हो । खेलको २३औ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए भने डिबालाले खेलको ३६औ मिनेटमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका थिए ।
कोरोना महामारी पछि भएको कोपा इटालियाको फाइनलमा नापोलीसँग पराजित भएको युभेन्टसले सिरी ए मा भने विजयी शुरुवात गरेको छ । यो जितपछि युभेन्टसको २७ खेलमा ६६ अंक भएको छ भने एक खेल कम खेलेको लाजियोसँग ४ अंकको अग्रता बनाएको छ । त्यस्तै बोलोगनाको भने २७ खेलमा ३४ अंक छ र लिगको १०औ स्थानमा रहेको छ ।
२०७७ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








