आज असार ९ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ०९, २०७७ । ई.सं. 23 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । मंगलवार आषाढ शुक्लपक्ष । तिथि द्वितीया, ११:१५ बजे उप्रान्त तृतीया । नक्षत्र पुनर्वशु, १४:०६ बजे उप्रा तिष्य । योग ध्रुव, १२:०६ बजे उप्रान्त व्याघात । करण कौलव ११:१५ बजेदेखि तैतिल, २२:४७ बजे उप्रान्त भद्रा । चन्द्रराशि मिथुन । आनन्दादि योग स्थिर । दिनमान ३४।३६ । सूर्योदय ०५:११ । सूर्यास्त १९:०१ । श्रीजगन्नाथ रथयात्रा । त्रिपुष्कर योग ११:१५ बजेसम्म ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । शिक्षामा उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतिष्ठा कमाउने वेला छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ कार्य योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यस्ततापनि बढ्नेछ, तर साँझमा शुभ समाचार सुनना पाईएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम र इनाम कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ला । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *