पाल्पा पहिरो अपडेट : मृतकको सङ्ख्या तीन पुग्यो

पाल्पा । पाल्पा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । तानसेन नगरपालिका–११ सम्मोबारीस्थित तानसेन– गुल्मी सडकखण्ड अन्तर्गत गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो ।

मृत्यु हुने तीन जना मध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।

पहिरोले मिनी ट्रक र ट्याङ्करलाई बगाएको र एउटा कार र कुखुरा बोक्ने जिपमा क्षति पुर्‍याएको छ ।

लगातारको वर्षाका कारण सोमबार बिहानदेखि नै पहिरोले बाटो अवरुद्ध थियो । अवरुद्ध सडकमा रोकिएर राखिएका गाडीहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पहिरोले के कति क्षति पुगेको र कति मानिसको ज्यान गयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीको कमाण्डमा १५ जनाको टोली खटिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =