बिपी प्रतिष्ठानबाट आज थप १३ जना डिस्चार्ज

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये आज थप १३ जना डिस्चार्ज भएका छन् । मोरङका १२ जना पुरुष र झापाका एक पुरुष गरी १३ जना निको भएर आज घर फर्किएका प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् ।

आज डिस्चार्ज भएकामा मोरङका ८ जना पुरुष गत जेठ २८ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । यस्तै मोरङकै ४ जना पुरुष र झापाका एक जना गत जेठ ३१ गते प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए ।

हालसम्म प्रतिष्ठानमा उपचार गराइरहेका १२८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

आज १३ जनाको डिस्चार्ज पछि अव प्रतिष्ठानको आइसोलेसनमा ६३ जना कोरोना सङ्क्रमितको उपचारभइरहेको छ । उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *