बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड उक्लियो शीर्ष स्थानमा 

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति सकिएको खेलमा रियल सोसिडाडलाई पराजित गर्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

कडा प्रतिश्पर्धात्मक खेलमा मड्रिडले सोसिडाडलाई २-१ गोल अन्तरले पराजित गर्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको पाँच मिनेटमै मड्रिडले अग्रता लियो । खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यसपछि बेन्जमाले खेलको ७०औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । सोसिडाडका लागि ८३औं मिनेटमा मिकेल मेरिनोले उत्कृष्ट गोल गर्दै खेलमा फर्कने संभावना बनाए । तर, हार टार्न भने सकेनन् ।

जितसँगै आठ खेल पछाडि मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ । मड्रिडले ३० खेलबाट बार्सिलोनासँग समान ६५ अंक बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *