आज असार ८ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ०८, २०७७ । ई.सं. 22 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । सोमवार आषाढ शुक्लपक्ष । तिथि प्रतिपदा, ११:५१ बजे उप्रान्त द्वितीया । नक्षत्र आर्द्रा, १४:०० बजे उप्रान्त पुनर्वशु । योग वृद्धि, १३:३५ बजे उप्रान्त ध्रुव । करण वव ११:५१ बजेदेखि वालव, २३:३७ बजे उप्रान्त गर । चन्द्रराशि मिथुन । आनन्दादि योग काल । दिनमान ३४।३६ । सूर्योदय ०५:११ । सूर्यास्त १९:०१ । भूमिरज ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरू पुरा पुन: सुरू हुन सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा अतिथिको आगमन हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । स्वादिष्ट खानापिन मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक, सामाजिक क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कृषि कार्य अघी बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट र शुभकार्यका काम अघि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदापनि हुने योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक र परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट लाभ प्राप्ति हुने योग छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *